वीरगञ्जमा ‘बम स्विट’ डायपर सार्वजनिक, लामखुट्टेबाट जोगिने

bpnnetwork.com

वीरगञ्ज। वीरगञ्जमा ‘बम स्विट’ डायपर सार्वजनिक गरिएको छ । भारतस्थित क्यामसन हेल्थकेयर प्रा.ली. को नयाँ उत्पादन ‘बम स्विट’ बेबी तथा एडल्ट डायपर एक कार्यक्रमका बीच वीरगञ्जमा लन्च गरिएको हो ।

कार्यक्रममा कम्पनीका नेपाल बिक्री प्रबन्धक सुरज सिंहले नेपालमै पहिलो पटक ‘बम स्विट’ ब्राण्डको डायपर भित्रिएको जानकारी दिए । उनले गुणस्तरीय र सुरक्षित उत्पादनमार्फत नेपाली बजारमा फरक पहिचान स्थापित गर्ने लक्ष्य रहेको बताए ।

कम्पनीका बिजनेस हेड दिपान्शु शर्मा र सिनियर एरिया सेल्स म्यानेजर बिनय पाठकले उत्पादनको विशेषताबारे जानकारी गराउँदै ‘बम स्विट’ बेबी डायपर र एडल्ट डायपर उच्च गुणस्तरका कच्चा पदार्थबाट तयार गरिएको दाबी गरे । उनका अनुसार डायपर लामखुट्टेबाट जोगिने विशेष प्रविधिसहित निर्माण गरिएको छ, जसले बच्चालाई सुरक्षित राख्न सहयोग पु–याउँछ ।

साथै उत्पादनमा प्लास्टिक प्रयोग नगरी पूर्ण रूपमा वातावरणमैत्री तरिकाले तयार पारिएको पनि उनले बताए । नेपालका लागि आधिकारिक आयातकर्ताको रूपमा आर के एन डी ईन्टरनेशनल रहेको छ ।

कम्पनीका प्रबन्ध निर्देशक अक्षय साहले नेपाली उपभोक्तालाई गुणस्तरीय र सुरक्षित डायपर उपलब्ध गराउने उद्देश्यले यो उत्पादन आयात गरिएको बताए । “हामीले बजारको आवश्यकता र उपभोक्ताको विश्वासलाई प्राथमिकतामा राखेर यो ब्राण्ड भित्र्याएका हौं,” उनले भने, “पर्सा, बारा र रौतहटसहित देशभर विस्तार गर्ने हाम्रो योजना छ ।”

कार्यक्रममा पर्सा, बारा र रौतहटका विभिन्न क्षेत्रका होलसेलर तथा डिलरहरूको उल्लेखनीय सहभागिता रहेको थियो । साथै आर के एन डी ईन्टरनेशनल का नरेन्द्र कुमार साह, अभय जलान लगायतको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया