सामुदायिक विद्यालयमा बस सेवा लागु गराउने रिमाको रणनीति

bpnnetwork.com

माघ १९, वीरगंज  । 

सामुदायिक विद्यालयमा बस सेवा लागु गराउने भावी रणनीतिका साथ रिमा यादव पर्सा निर्वाचन क्षेत्र नम्बर २ को चुनावी मैदानमा उत्रिनु भएको छ ।  नेकपा एमालेको तर्फबाट पर्सा २ मा उम्मेदवार बन्नुभएकी रिमा यादवले चुनाव जिते सबै भन्दा पहिले सामुदायिक विद्यालयमा बस सेवा संचालनमा ल्याउनका लागि पहल गर्ने बताउनु भएको छ । 

उहाँले, "निजि विद्यालय जस्तै सरकारी विद्यालयमा पनि बस सेवा लागु गराउने मेरो पहिलो उदेश्य रहेको छ" भन्नुभयो । 

पर्सा २ मा अधिकांश ग्रामिण क्षेत्र पर्नेभएकोले त्यहाँ विद्यालयसम्म पहुँचमा सहज र सुरक्षित होस् भने उदेश्यका साथ बस सेवा लागु गराउने सोच राख्नु भएको उहाँले बताउनु छ ।  खासगरी छात्राहरुको सुरक्षालाई ध्यानमा राखी बस सेवा अनिवार्य हुनुपर्छ भन्ने धारणा उहाँले राख्नु भएको छ।  

खाजा र पोशाक जस्तै बस सेवा अनिवार्य भए सामुदायिक विद्यालयको गुणस्तरियतामाथिको जनविस्वास अझै बढ्ने अपेक्षा राख्दै उहाँले, "यो नै मेरो पहिलो प्राथमिकता हो ।'' भन्नुभयो । 

विद्यालयको पहुँच भन्दा टाढा रहेका विद्यालय उमेरका बच्चाहरुलाई विद्यालयसम्म पुर्याउन बस सेवा नै उत्तम विकल्प भएको उहाँको भनाई रहेको छ । उहाँ स्वयं पनि शिक्षण पेशाबाटै आउनु भएकोले यो समस्याबारे आफु प्रत्यक्षदर्शी भएको बताउनु भयो ।

प्रतिक्रिया