चितवन–३ मा भएको प्रतिनिधि सभा निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै Sobita Gautam ले ५९,२७७ मत प्राप्त गर्दै विजय हासिल गरेकी छन्।
उनकी निकटतम प्रतिद्वन्द्वी Renu Dahal ले २०,६१५ मत प्राप्त गरेकी छन्। यससँगै गौतमले दाहाललाई ३८,६६२ मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्।
यसैगरी अन्य उम्मेदवारतर्फ नेपाली कांग्रेसका टेक प्रसाद गुरुङले ८,३४४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका शंकरराज थपलियाले ५,००४ मत प्राप्त गरेका छन्।
मत परिणाम सार्वजनिक भएसँगै चितवनका विभिन्न स्थानमा Sobita Gautam का समर्थकहरूले विजय उत्सव मनाएका छन्। युवापुस्ताको बलियो समर्थन र परिवर्तनको नाराले उनको जितलाई चितवनको राजनीतिमा महत्वपूर्ण सन्देशका रूपमा हेरिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार चितवन–३ को यो परिणामले राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक संकेत दिएको छ।
२३ फाल्गुण २०८२, शनिवार ०४:१५ मा प्रकाशित