अवसरवादी सुशीलको वाचा अधुरो

bpnnetwork.com
फागुन ३, पर्सा । 
पुर्व वडा अध्यक्ष सुशील साह कानुले वडाको विकास गर्ने वाचा अधुरो छोडेको वडावासिहरुले आरोप लगाएका छन्। 
पर्सा निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा सदस्य सुशील साह कानु अवसरवादी बन्दै वडाको काम अधुरै छोडेको वडावासीहरुले आरोप लगाएका छन्। 

   स्थानीय चुनावको बेला सुशीलले गरेको वाचा अधुरो छोडेर फेरी प्रतिनिधि सभा सदस्यको चुनावमा जानु अवसरवादको नमुना भएको वीरगंज महानगरपालिका वडा नम्बर १० का वडावासीहरुको भनाई रहेको छ। । 
२०७९ को स्थानीय चुनावमा विभिन्न योजनासहित काम गर्ने वाचा गरेर वडा अध्यक्षको चुनाव जितेका सुशील कानु ती सबै वाचा अधुरै छोडेर अर्को चुनावमा होमिएका छन्। उनको प्रतिबद्धता पत्रमा उल्लेख भएका अधिकांश योजनाहरु महानगरपालिकाले ३२ वटै वडाका लागि राखेको विकास योजना अन्तर्गत नै पर्ने योजनाहरु थिए । 

जनता समाजवादी पार्टीबाट चुनाव जितेका सुशील कानु पार्टी र विचार परिवर्तन गर्दै अहिले राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनावी मैदानमा उत्रेका छन्। सुशील कानु पर्सा जिल्ला निर्वाचन क्षेत्र २ बाट उम्मेदवारी दिएका छन्। 

उनले वाचा गरेका सिसिटिभी जडानदेखि गुनासो सुनुवाईका लागि हेल्पलाईनको व्यवस्था, नि:शुल्क उच्च शिक्षा, ई-लाइब्रेरी, वडामा वृद्धाश्रम निर्माणसम्मको वाचा अधुरै छोडेर प्रतिनिधि सभाको चुनाव लड्न लागेका हुन्। पहिले नै वडास्तरीय वाचा पुरा गर्न नसक्ने र  रास्वपाको लहर देखेर उम्मेदवारी दिएका सुशिलबाट पर्सा २ का मतदाताहरु सचेत रहेको वीरगंज १० का एकजना मतदाताले बताएका छन्। 
 

प्रतिक्रिया