फागुन-१५, पर्सा ।
वीरगंजको विन्दवासिनी र बहुदरमाईको सिसियाडि-बैरियामा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीलाई सास्ती हुन् थालेको छ । नेपाली कांग्रेसको गढ मानिएको वीरगंज-१९ विन्दवासिनीको एक युवा जमातले एमाले प्रवेश गरेसंगै पर्सा निर्वाचन क्षेत्र २ मा कांग्रेसको बिच्चलि भएको छ ।
त्यसैगरी बहुदरमाईको वडा २ मा रास्वपाका समर्थक युवाहरुले एमाले कि उम्मेदवार रिमा यादवको समर्थनमा उत्रेपछि रास्वपालाई कसक हुन् थालेको छ।
सिसियाडि-बैरियाका युवाहरु रास्वपामा प्रवेशसमेत गरिसकेका थिए भने विन्दवासिनीका युवाहरुले नेपाली कांग्रेसका उम्मेदवार एवं पुर्व मन्त्री अजय चौरसिया विकल्पको खोजिमा रिमालाई रोजेका हुन्। पुरानो नेताको पुरानो विकासशैलीबाट दिक्क लागेर विकल्पको खोजीमा उनीहरुले पर्सा २ मा एमालेकी उम्मेदवार रिमा यादवलाई रोजका हुन्।
यता यो दुवै वडाको समर्थन पाएर रिमा यादवको पक्ष अझै बलियो हुँदै गएको छ। राजनीतिकमा नयाँ भएर पनि रिमालाई पाइरहेको समर्थन र साथबाट रिमा यादवको जीतको आधार सुनिश्चित हुँदै गएको देखिन्छ।