नगरदाहामा अमिताभ बच्चन दासको घरदैलो, ‘आँखा छाप’मा मतदान गर्न आग्रह

bpnnetwork.com

वीरगञ्ज। पर्सा क्षेत्र नम्बर–२ का प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार अमिताभ बच्चन दासले बहुदरमाई नगरपालिका वडा नम्बर–३ नगरदाहामा घरदैलो तथा भेटघाट कार्यक्रम सम्पन्न गरेका छन्। कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्नो चुनाव चिन्ह ‘आँखा छाप’मा मतदान गरी विजयी गराउन आग्रह गरे।

घरदैलोका क्रममा दासले युवालाई परिवर्तनको आधारका रूपमा अघि सार्दै नयाँ राजनीतिक अभ्यास आवश्यक रहेको बताए। उनले पुरानै शैलीको राजनीतिले अपेक्षित विकास दिन नसकेको उल्लेख गर्दै अब नीतिगत र व्यवहारिक सुधार जरुरी रहेको धारणा राखे।

स्थानीयवासीले पनि यसपटक परिवर्तनको पक्षमा उभिने संकेत गरेका छन्। उनीहरूले आँखा छापमा मतदान गर्ने प्रतिबद्धता जनाउँदै उम्मेदवार दासलाई निर्वाचनपछि पनि जनतासँग निरन्तर सम्पर्कमा रहन सुझाव दिएका थिए।

दासले पर्सा जिल्लालाई कृषि हबका रूपमा विकास गर्ने प्रतिबद्धता दोहोर्याए। आधुनिक कृषि प्रणाली, भण्डारण व्यवस्था र बजारीकरणको सुनिश्चिततामार्फत किसानको आम्दानी बढाउने आफ्नो योजना रहेको उनले बताए।

प्रतिक्रिया