माघ २८, पर्सा ।
ब्यानरमा पार्टीको अध्यक्ष लगायत शिर्ष नेताहरुको तस्वीर देखाउनु भन्दा पनि आफ्नो क्षेत्रमा काम देखाउन आएकि उम्मेदवार रिमा यादवले बताउनु भएको छ।
चुनावको अनौपचारिक प्रचारप्रसारको क्रममा आफ्नो चुनावी ब्यानरमा पार्टिको शिर्ष नेताहरुको तस्वीरको सट्टा उहाँले आफ्नो विकासका योजनाहरुलाई महत्व दिनु भएको देखिएको छ। नेकपा एमालेको तर्फबाट पर्सा २ कि उम्मेदवार बन्नु भएकी रिमा कुमारी यादवले घरदैलो र मतदाता भेटघाटको क्रममा ब्यानर भन्दा बढि प्राथमिकता योजनालाई दिईरहनु भएको छ।
"मतदाताहरुले ब्यानरमा कसको तस्वीर छ भनेर सरोकार नगर्ने तर मेरो योजना के के च भनेर पटक पटक सोधिरहनु भएको छ'', उहाँले भन्नुभयो।
''त्यहीं कारण ब्यानर भन्दा पनि मैले आफ्नो योजनालाई परिपक्कव बनाउन लागेकी छु'', उहाँले दोहोर्याउनु भयो। हाल निर्वाचन आचारसहिंता लागु भएपनि आउदो फागुन ३ गते देखि मात्रै प्रचारप्रसार अवधि सुरु हुनेछ।
ब्यानरमा पार्टी अध्यक्ष तथा शिर्ष नेताहरुको तस्वीर राख्नै पर्ने कुनै खासै प्रावधान नरहेको नेकपा एमालेका केन्द्रीय सदस्य तथा निर्वाचन क्षेत्र २ का इन्चार्ज विजय सरावगीले प्रष्ट पार्नु भएको छ। यसै विषयमा पार्टीका पर्सा जिल्ला सचिव महेश दासले पनि उम्मेदवारले आफु अनुकुल तस्वीर राख्न पाउने छुट रहेको बताउनु भएको छ।
पर्सा निर्वाचन क्षेत्र २ का मतदाताहरु बीच एमाले कि उम्मेदवार रिमा यादवलाई पुरानो नेताहरुको विकल्पमा हेर्न थालिएको छ। पुराना नेता र अवसरवादी उम्मेदवारहरुको पृष्ठभूमि थाहा भएपछि अहिले मतदाताहरुको रोजाईमा एक मात्रै योग्य र वैकल्पिक उम्मेदवारको रुपमा रिमा यादवलाई हेर्न थालिएको छ।