तारा चिन्हसहित युवा उम्मेदवार अजय कुशवाहाको घरदैलो अभियान तीव्र

bpnnetwork.com

कम्युनिस्ट पार्टीका २७ वर्षीय युवा उम्मेदवार अजय कुशवाहाले बारा क्षेत्र नम्बर–४ अन्तर्गत जितपुर सिमरा क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। “सच्चा जेन जि” को रूपमा परिचित कुशवाहा र उनको टोली यतिबेला घरदैलो कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहेका छन्।


घरदैलो अभियानका क्रममा कुशवाहाले स्थानीय बासिन्दासँग भेटघाट गर्दै तारा चुनाव चिन्हमा मतदान गर्न अपिल गरिरहेका छन्। उनले युवाहरूको रोजगारी, शिक्षा, स्वास्थ्य सेवा सुदृढीकरण तथा स्थानीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


उनले भने, “युवाको आवाज अब नेतृत्वमा पुग्नुपर्छ। पारदर्शिता, सुशासन र समृद्ध जितपुर सिमराका लागि हामी तारा चिन्हमा समर्थन चाहन्छौं।”


स्थानीय मतदाताहरूले युवा उम्मेदवारको सक्रियता र प्रत्यक्ष संवाद शैलीको प्रशंसा गर्दै आएका छन्। सामाजिक सञ्जालमार्फत पनि उनको अभियानलाई व्यापक समर्थन मिलिरहेको देखिन्छ।

बारा–४ मा चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा अजय कुशवाहाको घरदैलो अभियानले स्थानीय राजनीतिक माहोललाई थप सक्रिय बनाएको छ।

प्रतिक्रिया