फागुन-१६, पर्सा ।
उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)द्वारा वीरगञ्ज महानगरपालिका वडा नम्बर १८ को सुखचैना तथा वडा नम्बर २१ को पटेलनगर क्षेत्रमा रात्रि घरदैलो कार्यक्रम भव्यताका साथ सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा उम्मेदवार सिंहले स्थानीयवासीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै गाउँ–टोलका विभिन्न समस्या तथा गुनासाहरू सुन्नुका साथै ती समस्याहरू समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमका क्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा विजयको अग्रिम शुभकामना दिएका छन् । साथै, सक्षम, शिक्षित तथा जनताको समस्याप्रति संवेदनशील उम्मेदवारलाई अध्ययन गरेर मात्र मतदान गर्नुपर्ने धारणा समेत स्थानीयहरूले व्यक्त गरेका थिए।
उम्मेदवार सिंहले युवाहरूको भविष्य सुनिश्चित गर्न रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा तथा सहज स्वास्थ्य सेवालाई आफ्नो प्रमुख प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो।
स्थानीयवासीहरूको उत्साहजनक तथा पूर्ण सहभागितामा सम्पन्न उक्त घरदैलो कार्यक्रमले क्षेत्रमा उज्यालो नेपाल पार्टीप्रति बढ्दो जनसमर्थन देखिएको सहभागीहरूले बताएका छन्।