फागुन ४, पर्सा।
पर्सागढी नगरपालिका–३ बिरुवागुठीमा आज घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा महिला तथा युवा वर्गको उत्साहजनक सहभागिता देखिएको थियो, जसले स्थानीय चुनावी माहोललाई थप सशक्त बनाएको छ।
कार्यक्रममा पूर्व खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जैसवाल सहभागी हुनु भएको थियो। साथै पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक को समेत उल्लेखनीय उपस्थिति रहेको थियो।
नेताहरूले घरदैलो कार्यक्रममार्फत स्थानीय जनताको समस्या, आवश्यकता र अपेक्षाबारे प्रत्यक्ष संवाद गर्नुभएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले विकास, सुशासन र समावेशी नेतृत्वका लागि सक्षम र जनप्रिय उम्मेदवारलाई जिताउनु आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा सहभागी महिला, युवा तथा स्थानीय बासिन्दाहरूले आगामी निर्वाचनमा रिमा यादव लाई भारी मतले विजयी गराउने सामूहिक संकल्प व्यक्त गरेका छन्। स्थानीय तहको विकास र जनताको आवाज सशक्त रूपमा उठाउन रिमा यादव उपयुक्त उम्मेदवार भएको उनीहरूको भनाइ रहेको थियो।
घरदैलो कार्यक्रममा देखिएको व्यापक जनसहभागिताले पर्सागढी–३ मा चुनावी माहौल रिमा यादवको पक्षमा बलियो बन्दै गएको संकेत दिएको छ।