पर्सा जिल्लालाई पर्यटकीय सर्किट बनाउने रिमाको योजना

bpnnetwork.com

फागुन १७, वीरगंज । 

पर्सा जिल्लालाई पर्यटकीय सर्किट बनाउने रिमाको योजना रहेको छ। नेकपा एमालेको तर्फबाट पर्सा २ मा उम्मेद्वारी दिनुभएकि रिमा कुमारी यादवले पर्सा जिल्लामा भएका एतिहासिक, धार्मिक र प्राकृतिक धरोहरहरुलाई समेटेर गुरु योजना बनाई पर्सालाई पर्यटकीय हब बनाउने योजना राख्नु भएको छ । 

     वि.स. १८७१ मा नेपाल-अंग्रेज युद्धमा नेपाल विजयी भएको तीन ठाउँ मध्ये एक एतिहासिक पर्सागढ़ी, प्राकृतिक सौन्दर्यता, वन्यजन्तु, चराचुरंगी र जडिबुटिले भरिएको पर्सा राष्ट्रिय निकुञ्ज तथा धार्मिक महत्वको बाबा दुग्देश्वरनाथ (भाथाधाम) लाई एउटै सर्किटमा गाभेर 'पर्सा पर्यटकीय सर्किट' निर्माण गर्ने उम्मेदवार रिमा यादवले योजना लिनुभएको छ । 

"यो तीनै क्षेत्रलाई एउटै च्यानलमा जोड्न सकियो भने जंगल सफारी, धार्मिक यात्रा र प्राकृतिक आनन्द एकसाथ लिन सकिन्छ" उहाँले भन्नु भयो। 

पर्यटकीय क्षेत्र भन्नाले पहाड र हिमाललाई मात्रै बुझ्ने मानसिकता हटाउन यो पर्यटकीय सर्किट आवश्यक रहेको उहाँले जोड दिनुभयो । "झन् ठोरीलाई समेट्न पाए  वृहत हुने छ" उहाँले थप्नु भयो । 

यसरि पर्यटकीय स्थलको रुपमा जिल्लाको विकास भए रोजगारीको साथै उद्यम विकासमा सहयोग पुग्ने उहाँको अनुमान छ ।

प्रतिक्रिया