फागुन ११, वीरगंज।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) पर्सा–२ की उम्मेदवार रिमा कुमारी यादवले “कुरा होइन, काम गर्नेछु” भन्नु भएको छ। घरदैलो अभियानलाई तीव्रता दिनुभएको रिमाले कुरा भन्दा काममा ध्यान दिने बताउनु बायो। वीरगञ्ज महानगरपालिका–२६ सुगौली बिर्तामा आज आयोजित घरदैलो कार्यक्रममा उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै धेरै कुरा गर्नुको सट्टा विकास, सुशासन र समृद्धिको विषयमा स्पष्ट रहेको बताउनु भयो।
जनतासँग प्रत्यक्ष संवाद, समस्या सुन्दै समाधानको प्रतिबद्धता
घरदैलोका क्रममा यादवले टोल–टोलमा पुगेर ज्येष्ठ नागरिक, महिला समूह, युवा तथा व्यवसायीसँग छलफल गरिरहनु भयो। स्थानीयले सडक विस्तार, ढल निकास, खानेपानी व्यवस्थापन, स्वास्थ्य सेवा सुदृढीकरण र युवाका लागि रोजगारी सिर्जनाजस्ता विषय उठाएका थिए। उहाँले ती सबै सुझाव र गुनासाहरू टिपोट गर्दै प्राथमिकताका आधारमा समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो।
“निर्वाचन जितेपछि जनताबाट टाढा बस्ने होइन, हरेक निर्णयमा जनतासँगै रहनेछु,” उहाँले भन्नु भयो “हामी विकासको कुरा मात्र होइन, देखिने र महसुस हुने काम गर्छौं।”
विकास र सुशासन मुख्य एजेन्डा
यादवले पर्सा–२ लाई पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा अगाडि बढाउने स्पष्ट योजना प्रस्तुत गर्नुभयो। उहाँले स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, साना तथा मझौला उद्यम प्रवर्द्धन गर्ने र सीपमूलक तालिममार्फत युवालाई आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउने बताउनु भयो।
उहाँको अनुसार पारदर्शी शासन प्रणाली र भ्रष्टाचारविरुद्ध कडा कदम चालेर मात्रै समृद्धि सम्भव छ। “सुशासन बिना विकास सम्भव छैन,” उहाँले जोड दिनुभयो, “संसाधनको सही उपयोग र जनताप्रति जवाफदेहिता हाम्रो पहिलो प्राथमिकता हुनेछ।”
सूर्य चिन्हमा मतदानको अपिल
घरदैलो कार्यक्रमका क्रममा उहाँले मतदातालाई सूर्य चिन्हमा मतदान गर्न अपिल गरिन्। समर्थकहरूको उत्साहपूर्ण सहभागितासहित भएको कार्यक्रममा स्थानीयवासीले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए।
जनविश्वास जित्ने अभियान
वीरगञ्ज–२६ सुगौली बिर्तामा सम्पन्न कार्यक्रमपछि यादवको टोलीले अन्य वडामा पनि घरदैलो अभियानलाई निरन्तरता दिने जनाएको छ। जनतासँग प्रत्यक्ष भेटघाट र संवादमार्फत विश्वास जित्ने उहाँको रणनीति देखिएको छ।
चुनावी माहोल तातिँदै जाँदा “कुरा होइन, काम गर्नेछु” भन्ने नाराले पर्सा–२ मा नयाँ ऊर्जा थपेको स्थानीयले बताएका छन्। अब मतदाताले विकास, सुशासन र समृद्धिको प्रतिबद्धतामा कति विश्वास गर्छन् भन्ने कुरा मतदानको नतिजाले तय गर्नेछ।