माघ २७, पर्सा ।
आफ्नै अभिव्यक्तिले गर्दा अहिले अजय चौरसियाको चौतर्फी आलोचना भइरहेको छ । पर्सा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नु भएको अजय कुमार चौरसियाले वृद्धाश्रम सम्बन्धि दिएको अभिव्यक्तिको कारण अहिले चौतर्फी आलोचना खेपिरहेका छन् ।
नेपाली कांग्रेसको तर्फबाट २०७९ को निर्वाचन जितेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्री बनिसकेका अजय चौरसियाले वृद्धाश्रमको विषयमा दिएका फरक फरक अभिव्यक्तिका कारण आलोचनाको सामना गरिरहेका छन् ।
भोट लिने चक्करमा उनले वृद्धाश्रम हाम्रो संस्कृति नभएको बताएका छन् भने अर्को तर्फ स्वयं उनले वृद्धाश्रमको लागि बजेट निकासा गराएको दाबि गरेका छन् ।
उम्मेद्वारी दर्ता गराउन पुगेको बेला संचारकर्मीहरुसंग कुराकानी गर्दै उनले दुईवटा वृद्धाश्रमको बजेट निकासा गराएर काम सुरु गराईसकेको भनि दिएको अभिव्यक्ति जोडेर अहिले सामाजिक संजालमा व्यापक आलोचना भइरहेको छ ।
उनले दिएको अभिव्यक्तिबाट मतदाताहरु रुष्ट हुनुको साथ अब उनीमाथि विस्वास गर्न नसकेको बताईरहेका छन्।
( भिडियो सहित )
https://www.facebook.com/share/r/17rWWoL7dX/