रिमा प्रतिको बढ्दो जनविस्वास देखेर प्रतिस्पर्धीहरु चिन्तित

bpnnetwork.com

माघ २७, वीरगंज ।

उम्मेदवारहरु बीचको प्रतिस्पर्धामा नेकपा एमालेकी उम्मेदवार रिमा यादव प्रती जनविस्वास बढ्दै गएको देखेर उहाँसङ्गै प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरु चिन्तित भएका छन ।

  पर्सा २ मा नेकपा एमालेबाट रिमा यादव, नेपाली काँग्रेसबाट अजय चौरसिया र रास्वपाबाट सुशील कानुको नाम सुनिए पनि अन्य उम्मेदवारहरुको नाम दर्तामा सिमित मात्रै देखिएको छ । 

पछिलो सातादेखी मतदाता भेटघाटको गतिविधिमा सकृय भएपछी रिमा यादवप्रती मतदाताको रुझान बढ्दै गएको देखेर प्रतिस्पर्धामा रहेका अन्य उम्मेदवारहरु चिन्तित भएका छन्  ।

पर्सा निर्वाचन क्षेत्र नं. २ मा योग्य र शिक्षित उम्मेदवारको रुपमा रिमा यादवलाई पाएपछि पुराना नेताहरुलाई विदाई गर्ने मनसाय बनाई सकेको वीरगंज १९ का एकजना स्थानीयले बताएका छन् । 

२०७९ सालमा नेपाली काँग्रेसबाट चुनाव जितेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भएका अजय चौरसिया माथी अनेकौ आरोप लागेकोले अब नयाँ उम्मेदवारलाई नै जिताउने मनसाय बनाईसकेको उनले दोहोर्‍याए । 

नयाँ उम्मेदवार छान्ने बेला आफुहरु एकदमै सजग र सचेत रहेको उहाँले बताउनु भयो । अहिले देशब्यापी लहरको रुपमा हल्ला चलेको 'घण्टी' छापको सहारामा अवसरवादी बनेका सुशील कानुबाट जनता सचेत रहेको उनले बताएका छन् । वडाको कामलाई लथालिङ्ग छोडेर प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेका सुशील कानुको लोभ बारे यश क्षेत्रका मतदाता भने अवगत भइसकेका छन्  ।

प्रतिक्रिया